Skip to main content

Bharat Shashwat Aawaz

  • भारत शाश्वत आवाज
Sort Name
Bharat Shashwat Aawaz
Type
Poem
Language
Nepali
Ratings
No reviews

Wikipedia

भारतः शाश्वत आवाज कन्नड भाषाका कविताको नेपाली अनुवादसङ्ग्रह हो । उक्त कृतिमा कन्नड भाषाका एकाउन्न जना कविहरू प्रत्येकका एकएक वटा कविताका नेपाली अनुवाद सङग्रहित रहेका छन् । सो पुस्तकका सबै कविताको अनुवाद कवि, गीतकार तथा अनुवादक सुमन पोखरेलद्वारा गरिएको छ । सो पुस्तकको प्रकाशन नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले गरेको हो । नेपालका सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनले २०७५ चैत २८ गते उपराष्ट्रपतिको कार्यालय, बहादुर भवन काठमाडौँमा सो पुस्तकको विमोचन गर्नु भएको थियो ।

पुस्तकको प्रकाशक संस्था नेपालीकला साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमिलाका अनुसार, “विदेशको साहित्यलाई देश भित्र्याउने सन्दर्भमा भारतको एउटा प्रान्त कर्नाटकको मूल भाषा कन्नडभाषी एकाउन्न आधुनिक कविका एकाउन्न कविताहरूलाई नेपाली भाषामा अनुवाद गरी’ भारतः शाश्वत आवाज प्रकाशित गरिएको हो ।

पुस्तकको अनुवादसम्बन्धमा अनुवादक कवि सुमन पोखरेलले “कविता अर्को भाषामा अनूदित हुनु अघि मूलभाषामै अनुवादकको चेतनाको आकारभित्र खुम्चिने वा फैलिने भइसकेको हुन्छ, अर्को भाषामा अनूदित हुँदा त्यो फेरि अनुवादकको लक्षित भाषाको चेतनावृत्तभित्र अझ खुम्चिने वा अझ फैलिने गर्दछ । त्यसले गर्दा कविताको अनुवादमा कविको कल्पनाशक्ति, शब्द कौशल, साङ्गीतिक चेत, ज्ञानको आकार आदि अवयवहरू अनुवादकको सीमितता वा वैशिष्ट्यबाट प्रभावित हुने सम्भावना रहन्छ । ‘कविताको अनुवाद कविले मात्र गर्न सक्छ’ भन्नुको कारण पनि यही हो; र यही नै अनुवादको जोखिम र अनुवादकको सबैभन्दा ठूलो चुनौति पनि हो । साथै अनुवादकले सबैभन्दा ज़्यादा सन्तुलन राख्नुपर्ने ठाउँ पनि त्यही हो । तिनै जोखिम र चुनौतिहरूका बीच रहेर यी कविताहरू मैले सकेसम्म संवेदनशील, सन्तुलित र गम्भीर भएर अनुवाद गर्ने कोशिस गरेको छु । यी कविता मूल भाषाबाट नेपालीमा अनुवाद गरिएका हैनन् । मूल कन्नड भाषाबाट अङ्ग्रेजीमा अनुवाद भइबसेका ‘अनुवाद’को अनुवाद हो यो । र नेपाली भाषासँग अङ्ग्रेजी भाषाभन्दा कन्नड भाषा बढी नजीकको भएकोले सम्भव भएसम्म मूललाई समातेर ल्याउने कोशिश गरेको” भनी उक्त पुस्तकको अनुवादकीयमा आफ्नो धारणा राखेका छन् ।

भारत : शश्वत आवाजमा संलग्न कविताको विवरण -

Continue reading at Wikipedia... Wikipedia content provided under the terms of the Creative Commons BY-SA license

Editions


Add Edition

There are no Editions yet!

Help us complete BookBrainz


Not sure what to do? Visit the help page to get started.

Identifiers

OpenLibrary Work ID
OL19756524W
Wikidata ID
Q63247015

Related Collections

This entity does not appear in any public collection.
Click the "Add to collection" button below to add it to an existing collection or create a new one.

Reviews No reviews

No reviews yet.


Last Modified
2020-03-23